चैत २८ धनगढी
बुधबार परेको चट्याङले बझाङको ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति पु¥याएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका अन्तर्गत सुनकुडा र स्याँडी क्षेत्रको प्रसारण लाइनमा क्षति पुग्दा सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
घटनापछि विद्युत् सेवा पुनः सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली प्रभावित क्षेत्रतर्फ खटिएको छ । टोलीले क्षतिग्रस्त प्रसारण लाइनको मर्मत कार्य तीव्र रूपमा अगाडि बढाइरहेको जानकारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1