सुदूरपश्चिम विश्वविद्यालयका १२ क्याम्पसको नतिजा सार्वजनिक, नेविसंघ पहिलो

चैत २८ धनगढी
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका १२ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नतिजा सार्वजनिक भएको छ । बुधबार विश्वविद्यालय अन्ततगतका १४ क्याम्पसमा निर्वाचन भएकोमा कैलाली बहुमुखी र टीकापुर बहुमुखी क्याम्पस बाहेकको नतिजा सार्वजनिक भएको हो ।

सार्वजनिक नतिजा अनुसार ७ क्याम्पस सभापतिमा नेविसंघ विजयी भएको छ भने ५ क्याम्पस सभापतिमा अनेरास्ववियु विजयी भएको छ । अखिल (क्रान्तिकारी) ले भने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा खाता खोल्न सकेको छैन ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा भूवन महरा, जगन्नाथ क्याम्पसमा रोशन भट्ट, मणिलेक क्याम्पसमा मनोजदत्त ओझा, त्रिवेणी क्याम्पसमा प्रकाश अवस्थी, दार्चुला क्याम्पस प्रकाश बडू, सीताराम क्याम्पस उमेश बलायर (निर्विरोध) र बडीमालिका क्याम्पसमा सविन रावत (निर्विरोध) नेविसंघका उम्मेदवार विजयी भएका छन ।

अनेरास्ववियुबाट जयपृथ्वी क्याम्पसमा तिलकचन्द्र बोहरा, पाटन क्याम्पसमा सञ्जय भण्डारी, घण्टेश्वर क्याम्पसमा सुरत बोहरा, गोकुलेश्वर क्याम्पसमा सुनिल डाँगा र बाजुरा क्याम्पसमा लक्ष्मण रोकाया विजयी भएको छ ।

विवाद हुँदा सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस र अछामको जनता क्याम्पसमा भने निर्वाचन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply