हैदराबादको जंगल उजाड: बुलडोजरको गर्जनमा हरियो संसारको मौन चीत्कार

सरस्वती सुनार ३० चैत २०८१
हैदराबाद विश्वविद्यालयको ४०० एकड़ जंगल एकै रातमा ३० वटा बुलडोजरले उजाडे। झाडी, रूख, चराचुरुङ्गी, मृग, मोर जस्ता हजारौं जीवजन्तुहरू रातारात बेघर भए। विद्यार्थीहरूको विरोध, अदालतको आदेश र प्रकृतिको मौन प्रार्थनालाई बेवास्ता गर्दै ७०० भन्दा बढी रुखहरू ढालियो, र २०० भन्दा बढी चराको बासस्थान नष्ट गरियो।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोले जनमानसको मुटु छुन सफल भएको छ—जहाँ एक हात्तीले JCB संग लड्न खोज्दैछ, आफ्नो वनको रक्षा गर्न। त्यो हात्तीको मृत्युले लाखौं आँखाहरू रसाएका छन्। यही घटनाले जनतालाई सोध्न बाध्य बनाएको छ—के अब जनावरहरू पनि बुलडोजरसँग लड्नुपर्छ?

धर्मको नाममा लड्नुभन्दा प्रकृति बचाऔं
सामाजिक सञ्जालमा जनताको एक स्वर छ—धर्म, जाति र राजनीतिका नाममा बाँडिनु हुन्न, तर प्रकृति र मासूम प्राणीहरूको रक्षा गर्न सबै एकजुट हुनु जरुरी छ। पृथ्वी कुनै व्यक्ति विशेषको हैन, यो सबै जीवजन्तुको साझा घर हो। मानव तरक्कीको नाममा अरूको घर उजाड्नु कति नैतिक छ?

सरकार र सम्बन्धित निकायहरूले यो घटनालाई गम्भीरतासँग लिनुपर्छ। कानुनी प्रक्रिया समान रूपमा लागू हुनु आवश्यक छ—चाहे त्यो सेलिब्रिटी होस् या सरकारी निकाय। वातावरणीय विनाशको विरुद्ध जनताको आवाज बलियो बन्दै गएको छ। अब समय आएको छ, जहाँ हामी ‘विकास’ भन्दा पहिले ‘विकृति’ नहोस् भनेर सचेत हुनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply