११ दिन देखि शिक्षकहरु सडकमै

चैत ३० धनगढी
विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै ११ दिन देखि शिक्षकहरु सडकमा आन्दोलन गरिरहेका छन । नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि काठमाडौंमा प्रदर्शन जारी राखेको छ ।

सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । शर्त पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच विभिन्न चरणमा वार्ता भएपनि सहमति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply