सुदूरपश्चिमको समग्र विकासका लागि आफू लागि पर्नेछु : मन्त्री पाण्डे

चैत ३० धनगढी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सुदूरपश्चिमको समग्र विकासका लागि आफू लागि पर्ने बताएका छन् ।

उनले खप्तड, रामारोशन, बडिमालिका, रारालगायतका क्षेत्रलाई एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सरकारी कार्ययोजना अघि बढिरहेको बताएका हुन् ।

बाजुरेली सेवा समाजको समाजको शनिबार आयोजित ७ औँ साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले सुदूरपूर्वदेखि पश्चिम महाकालीसम्म रहेका पर्यटकीय क्षेत्रको एकिकृत विकासका लागि सरकारले विशेष प्राथमिकतामा राखेको बताए ।

देशको विकास र समृद्धिका लागि पर्यटकीय गतिविधि बढाउने गरि सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेटमा आवश्यक बजेट विनियोजनाका लागि पहल गरिने बताउ । मन्त्री पाण्डेले सरकार अहिले नीति तथा कार्यक्रम एवं बजेट बनाउने तयारीमा रहेकोले समग्र पर्यटन विकास बजेटको प्राथमिकतामा राखिने बताए ।

उनले विदेशमा पलायन भएको युवा जनशक्तिलाई स्वदेशमा फिर्ता गर्ने र विदेश पलायन भएको पूँजीलाई स्वदेश फिर्ता गर्ने गरी योजना अघि बढाउनुपर्ने बताउँदै शहर केन्द्रित युवालाई गाउँमा फिर्ता गरेमात्र देशको अर्थतन्त्रको सुधार हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply