११ लाख ३६ हजार थान पाठ्यपुस्तक बिक्री

वैशाख ३ धनगढी
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले ११ लाख ३६ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ ।
केन्द्रले सुदूरपश्चिम प्रदेशमा नयाँ शैक्षिकसत्रका लागि चैत मसान्तसम्म उक्त पाठ्यपुस्तक बिक्री वितरण गरेको हो ।

केन्द्रले यस शैक्षिकसत्रमा प्रदेशभरी १८ लाख १७ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य लिएको छ । उक्त पाठ्यपुस्तक बिक्री वितरणबाट १५ करोड ४६ लाख ७४ हजार बराबरको कारोबार भएको कार्यालय प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए ।

केन्द्रले गत चैत १७ गतेबाट पहाडी जिल्लाहरुमा पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको थियो । सात पहाडी जिल्ला मध्ये डडेल्धुरा र अछाममा बाँकी रहेका स्थानमा पाठ्यपुस्तक गइरहेको र अन्य जिल्लामा पाठ्यपुस्तक पुगिसकेको उनले बताए ।

कैलाली र कञ्चनपुरमा पाठ्यपुस्तक बिक्री ढिला सुरु भएकाले अझै केही ठाउँमा पुग्न बाँकी रहेको र अहिले निरन्तर गइरहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । भर्नाकै समयमा पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्ने उनको दावी छ ।

केन्द्रले यस शैक्षिकसत्रमा २५ करोडका पाठ्यपुस्तक विक्री वितरण गर्ने लक्ष्य लिएको छ । केन्द्रले गत शैक्षिकसत्रमा २२ करोड ५७ लाख बराबरका कारोबार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply