प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन

वैशाख ३ धनगढी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन् ।

अवलोकन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले सहिद सूर्य विक्रम थापा ‘सलिम’ को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन, प्रवक्ता अग्नि सापकोटालगायत पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो।

सहिद थापा माओवादी जनयुद्धको क्रममा २०६० सालमा चितवनमा ज्यान गुमाएका थिए । उनको योगदानको सम्मानस्वरूप निर्मित स्मृति केन्द्रले यस क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply