चार प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ कहाँ पर्छ पानी

वैशाख ६ धनगढी

हाल देभभर स्थानीय वायु र पश्चिमी वायुको मुख्य प्रभाव छ।

भारतको बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव पनि रहेको छ।

त्यसको प्रभावले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका भूभागहरूमा वर्षा भइरहेको छ।

बिहानैदेखि काठमाडौंमा पनि वर्षा भइरहेको छ।

मौसमविद बिनु महर्जनका अनुसार शनिबार दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।

कोशी प्रदेश लगायत पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको उनले बताइन्।

त्यस्तै उच्च पहाडी र हिमाली भूभागमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

काठमाडौ उपत्यकामा केहीबेर वर्षा जारी रहने उनले बताए।

‘आजको लागि मौसम खुल्ने देखिँदैन। लुम्बिनी र कर्णालीतिर रहेको पानी पार्ने प्रणाली काठमाडौंतिर मुभ भएको देखिन्छ,’ मौसमविद् महर्जनले भनिन्।

शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र कर्णाली प्रदेशका एक-दुई स्थानहरू हल्का वर्षा हुने सम्भावना छ।

मौसमविद् महर्जनका अनुसार शनिबारको तुलनामा आइतबार कम पानी पर्ने सम्भावना छ।

‘आजका लागि भारी वर्षाको पनि पूर्वानुमान छ। भोलि चाहीँ हल्का वर्षा मात्रै हुने सम्भावना छ। त्यसपछि अलि सुधार हुँदै जाने देखिन्छ,’उनले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply