बैशाख ०६ धनगढी ।
सुदूरपश्चिम प्रदेशका ६ पालिकाको कैलालीको कैलारी गाउँपालिकामा संयुक्त गाउँ तथा नगर सभा अभ्यास गरिएको छ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान डोटीको आयोजनामा संयुक्त अभ्यास गरिएको हो। धनगढीमा जारी नगर तथा गाउँसभाको नमुना अभ्यासको तेस्रो दिन कैलारीमा गरिएको जनाइएको छ।
गाउँ सभा अभ्यासमा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो।
अभ्यासको क्रममा गाउँपालिकाले बर्खे अधिवेशन र हिउँदे अधिवेशनमा गर्दै आइरहेको सम्पूर्ण प्रक्रिया गरिएको छ। कार्यक्रमको सहजीकरण अधिवक्ता झंकर कुवँर, तेजराज उपाध्यक्ष र राजेन्द्र विक्रम शाहीले गरेको थिए।
नमूना अभ्यास कार्यक्रममा डडेल्धुरा जिल्लाको नवदुर्गा, अजयमेरु गाउँपालिका, अमरगढी नगरपालिका र बैतडी जिल्लाको पञेश्वर, सिगास, डिलासैनी गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, समितिका सभापतिहरूको सहभागिता रहेको थियो।