वैशाख ७ धनगढी
नेपाल निजामती कर्मचारी संगठनले आफ्नो ३५औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
आइतबार संगठनले कैलालीको उर्मास्थित समैजी आधारभूत विद्यालयमा शुभकामना आदानप्रदान तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।
उक्त विद्यालयका ५० जना विद्यार्थीलाई झोला वितरण गरिएको संगठनले जनाएको छ ।
नेपाल निजामती कर्मचारी संगठन कैलालीका अध्यक्ष खकेन्द्र रावलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गाना रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुङ्गानाले सो विद्यालयका विद्यार्थीलाई नवजीवन अस्पतालमा नि:शुल्क चेकजाँचको व्यवस्था गरिने घोषणा गरेका थिए ।
कार्यक्रमको अतिथिमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य गणेश पनेरु, लक्ष्मणराज जोशी,निवर्तमान केन्द्रीय सदस्य श्यामप्रसाद जोसी,प्रदेश कमिटी उपाध्यक्ष बालकृष्ण जोशी,महासचिव धर्मराज चौधरी रहेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल निजामती कर्मचारी संगठन कैलालीका सचिव तारामान रावल गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्षअरुण जोशीले राखेका थिए ।
कार्यक्रममा संगठनका नेता कार्यकर्ता, शिक्षक, विद्यार्थी र अभिभावक गरि करिव २०० जना उपस्थिति रहेको जनाइएको छ ।