नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग )पुष्पलाल मार्ग) अन्तर्गत दोस्रो अभियान आगामी जेठ २ गतेबाट सुरु हुने भएको छ । पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेपछि तीन सदस्यीय कार्यदलले अभियानलाई मूर्तरूप दिएको हो ।
कार्यदलमा महासचिव देव गुरुङको संयोजकत्वमा उपमहासचिव गिरिराजमणि पोखरेल र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।
यस्तो छ समय तालिका
२०८२ जेठ १ गते बेलुका डडेलधुरा
२०८२ जेठ २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसम्वाद
२०८२ जेठ ३ गते, अछाम मङ्गलसेन जनसंवाद
२०८२ जेठ ४ गते, दैलेख सदरमुकाम जनसभा
२०८२ जेठ ५ गते, जाजरकोट खलङ्गा जनसंवाद
२०८२ जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद
२०८२ जेठ ७ गते, पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा
२०८२ जेठ ८ गते बागलुङ जनसंवाद
२०८२ जेठ ९ गते पर्वत कुस्मा जनसंवाद
२०८२ जेठ १० गते कास्की (पोखरा) जनसभा