मखन गल्लीमा आगलागी, एक वृद्ध महिलाको मृत्यु

काठमाडौं, वैशाख ३१
काठमाडौंको मखन गल्लीस्थित एक घरमा बिहान करिब ६:५० बजे ग्यास लिक भएर आगलागी हुँदा एक वृद्ध महिलाको मृत्यु भएको छ। मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी अपिल बोहराले जानकारी दिएका छन्।

दयाराम श्रेष्ठको घरबाट सुरु भएको आगो छेउको रुकेश श्रेष्ठको पाँच तले घरसम्म फैलिएको थियो। आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा नियन्त्रणमा लिइएको छ। घटनाको विस्तृत विवरण र क्षतिको आंकलन भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply