बैशाख ३१ धनगढी
धनगढी उपमहानगरपालिकाले ५५३ जना नागरिकको स्वास्थ्य बिमा गरेको छ। उपमहानगरको वार्षिक स्वीकृत कार्यक्रमअनुसार निर्माणाधीन ल्याण्डफिल क्षेत्र नजिकका ११५ परिवारको स्वास्थ्य बिमा गरिएको उपमहानगरले जनाएको छ।
७ नम्बर वडा कार्यालयको सिफारिसमा उपमहानगरले २७५ महिला २५८ पुरूष गरी ५३३ जनाको स्वास्थ्य बिमा गरेको हो। उपमहानगरले ४ लाख ५३ हजार ६ सय रकमको स्वास्थ्य बिमा गरेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1