जेठ १ धनगढी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) सुदूरपश्चिम आउन भएका छन् ।
मध्यपहाडी लोकमार्ग अभियानका लागि अध्यक्ष प्रचण्डसहितको केन्द्रीय पदाधिकारीको टोली सुदूरपश्चिम आउने भएको हो ।
प्रचण्ड पौने १२ बजेको बुद्धएयरको नियमित उडानमार्फत काठमाण्डौबाट धनगढी आउने माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले जानकारी दिए ।
अध्यक्ष प्रचण्डसहितको टोली आजै डडेल्धुरा जाने कार्यक्रम रहेको उनले बताए । आज डडेल्धुरामा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दल नेता विवादका बारेमा छलफल हुने उनले जानकारी दिए । माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान भोलि (शुक्रबार) बैतडीबाट सुरु हुँदै छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ बुधबार नै धनगढी आइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1