जेठ १ धनगढी
कैलालीको गोदावरी नगरपालिकामा वडाभेला सुरु भएको छ । बिहिवार देखि नगरका वडाहरुको वडा भेला सुरु भएको हो ।
बिहिवार बिहान नगरपालिकाको वडा नम्बर १ को वडा भेला आयोजना गरिएको छ । वडाले एक औपचारिक कार्यक्रम को आयोजना गर्दै नवौ वडा भेला संचालन गरेको हो । वडाध्यक्ष गोपालदत्त भट्ट को सभापतित्वमा आयोजित वडाभेलामा नगरप्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथी र नगर उपप्रमुख शारदा देबि रोकाया बिशिस्ठ अतिथी रहेका थिए ।
भेलामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वडाले १ करोड २० लाख ९७ हजार ९९२ रुपैया बराबरको बजेट सिलिङ सार्वजनिक गरेको छ । जसमध्ये समानिकरण तर्फ ७० लाख र सुत्रमा आधारितमा ५० लाख ९७ हजार ९९२ रुपैया रहेको वडाध्यक्ष भट्ट ले बताए । आगामी आर्थिक वर्षमा वडाले नगरबाट प्राप्त बजेट सिलिङ अनुसार विभिन्न शिर्षक मा बजेट बिनियोजन गरेको उनले बताए । उनका अनुसार वडाले पुर्वाधार विकासतर्फ ८० लाख, सामाजिक विकासतर्फ १५ लाख ५० हजार र आर्थिक विकासतर्फ १३ लाख ३० हजार रुपैया बजेट बिनियोजन गरेको छ ।
यसैगरी वन तथा वातावरण क्षेत्र तर्फ १ लाख ५० हजार र सुशासन तथा संस्थागत विकास तर्फ १० लाख ६७ हजार ९९२ रुपैया बिनियोजन गरिएको वडाध्यक्ष भट्ट ले बताए ।