सरकार उल्टो बाटो हिडेकोमा चिन्तित छौ : प्रचण्ड

जेठ २ धनगढी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार उल्टो बाटो हिडिरहेकामा आफूहरु चिन्तित भएको बताएका छन । शुक्रबार प्रेस सेन्टरले डडेल्धुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोलदै प्रचण्डले सो कुरा बताएका हुन । उनले सरकार उल्टो बाटोमा हिडेको र आफूहरुले खबरदारी गरिरहेको बताए ।

‘सरकारले सुशासन र हामीले शुरु गरेका कामलाई भत्काउने कामतर्फ लागेको छ’ उनले भने ‘सरकार उल्टो बाटो हिँडेकोमा चिन्तित छौँ, खबरदारी गरिरहेका छौँ ।’ उनले सरकारका गलत गतिविधिहरुका विषयमा खबरदारी गरिरहेपनि अहिले नै सरकार ढाल्ने खेलतिर भने नभएको बताएका छन । उनले सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको आरोप समेत लगाए ।

टेरामक्स प्रकरणको मुद्दा अभियोजनप्रति संकेत गर्दै प्रचण्डले सरकार आफ्नालाई जसरी पनि जोगाउने र विरोधीलाई ठेगान लगाउने बाटोमा हिँडिरहेको आरोप लगाए । यस क्रममा ठूला दलहरु सुदूरपश्चिम पुगेर लोकप्रिय कार्यक्रम घोषणा गर्ने तर पूर्व पुगेपछि बिर्सिने प्रवृत्ति बढेको भन्दै प्रचण्डलाई विगतका प्रतिबद्धता सम्झाउँदै पूरा नभएको पत्रकारहरुले प्रश्न गरेका थिए ।

जवाफमा प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालय, कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह, कैलालीको गेटामा स्वास्थ्यविज्ञान विश्वविद्यालय बनाउने निर्णय आफ्नै कार्यकालमा भएको तथ्यतोडमोड नगरिदिन आग्रह गरे । ‘सुदूरपश्चिमलाई विकास नगरेसम्म नेपालमा समतामूलक विकास हुन सक्दैन भन्नेमा माओवादी दृढ छ’, प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply