जेठ २ धनगढी
गर्मीमा धेरैले रुचाउने पेय पदार्थ हो उखुको जुस । स्फूर्त रहन मानिसहरू चिसो पारेर उखुको रस पिउँछन् । यसले ताजगी, ऊर्जाको साथै हाइड्रेशन त दिन्छ नै यो स्वास्थ्यको लागि पनि धेरै लाभदायक मानिन्छ ।
तर केही मानिसहरूको लागि यो जुस हानिकारक पनि हुन सक्छ । के तपाईँलाई यो कुरा थाहा छ ? तपाई पनि तल दिइएको ७ थरीको सूचिमा पर्नु हुन्छ भने तपाईँले उखुको रस नपिएकै राम्रो ।
मधुमेहका बिरामी
उखुको रसमा प्राकृतिक चिनीको मात्रा धेरै हुन्छ, जसले रगतमा चिनीको मात्रा द्रुत गतिमा बढाउन सक्छ । मधुमेहका बिरामीहरूले यसलाई सीमित मात्रामा सेवन गर्नुपर्छ वा पूर्ण रूपमा बन्द गर्नुपर्छ ।
मोटोपनबाट पीडित व्यक्ति
उखुको रसमा क्यालोरी र चिनी प्रशस्त मात्रामा हुन्छ, जसले तौल बढाउन सक्छ । यदि तपाईँ तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने यसको खपत कम गर्नुस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1