जेठ २ धनगढी
पनौती, काभ्रे – कालाग्निरुद्र पीठको रूपमा स्थापित लड्केश्वर धाममा दोस्रो राष्ट्रिय कोटिहोम २०८३ सालको माघ शुक्लपक्षमा आयोजना हुने तयारीमा छ । हालसम्म ६ वटा लक्षहवन सम्पन्न भइसकेको छ भने देशभर कोटिहोमको प्रसाद वितरण भइरहेको छ ।
प्रत्येक वर्षको हरिवोधनी एकादशी, गंगा दशहरा, र धान्यपूर्णिमा अवसरमा विशेष मेलाको आयोजना हुने यो स्थल अब धार्मिक पर्यटनको केन्द्र बन्दै गएको छ ।
२०८२ सालको गंगा दशहरा मेला जेष्ठ १४ गतेदेखि सुरु हुँदैछ । यस अवसरमा कालाग्निरुद्र पीठले सरकार, विद्वान र जनसमुदायसँग सुझाव माग्दै सार्वजनिक छलफल र सहभागिताको अपेक्षा गरेको छ ।
पीठाधीश मुकुन्द शर्मा हुमागाईका अनुसार लड्केश्वर धामलाई विश्वस्तरीय धार्मिक गन्तव्यका रूपमा विकास गर्न सबैको सहकार्य आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1