सरकारले विधेयक पारित गरेर जनभावनाको कदर गर्‍यो

जेठ ५ धनगढी
नेपाल सरकारले आइतबार प्रतिनिधि सभाबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसम्मत पारित गरी जनभावनाको उच्च कदर गरेको बताइएको छ । आज सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनका सहभागीले सो कुरा बताएका हुन् ।

साथै विधेयक पारित गराउन महत्वपूर्ण भूमिका खेलेका शिक्षामन्त्री रघुजी पन्त, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता लेखराज भट्टलगायतका नेताहरुलाई सहभागीले धन्यवाद दिए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्यले विधेयक पारित भएर मात्र नहुने बताउँदै आगामी आर्थिक वर्षको पूर्वसन्ध्यामा भएकाले तीन सय शय्याको अस्पताल सञ्चालनका लागि सरकारले आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्नुपर्नै बताए ।

डा. दीपकप्रसाद भट्ट,हेमराज पुजारा,डा.नरबहादुर मौनी,डा. सुरेन्द्र चन्द, प्राध्यापक जगन्नाथ जोशी,गेटा उपशाखाका सचिव लोकेन्द्र धामी,गेटा मेडिकल कलेजका मेसु डा. प्रमोद यादवले हाल आएको ५० शैयाको अस्पतालले महान उदेश्य परिपुर्ति गर्न नसक्ने बताए । विधेयक पारितको स्वागत गर्दै उनीहरुले आउँदो शैक्षिक सत्रबाट चिकित्साशास्त्र एमबीबीएस अध्ययनको वातावरण तयार भएमात्र सुदूरपश्चिमबासीको उदेश्य पूरा हुने बताए । संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले विश्वविद्यालयले मुर्तरुप पाएको प्रति सबैलाई धन्यवाद दिएका छन् । यतीले मात्र नहुने बताउँदै उनले चिकित्साशास्त्र अध्यापनका लागि पर्याप्त बजेट छुट्याउन समेत सरकारलाई अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply