बजेट माग गर्दै प्रधानमन्त्रीलाई संघर्ष समितिको ज्ञापनपत्र

जेठ ८ धनगढी
कैलालीको गोदावरी नगरपालिका–५ गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि बजेट माग गर्दै संघीय सरकारलाई ज्ञापनपत्र पठाएको छ ।

विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत ज्ञापनपत्र पठाएको हो । संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’,सहसंयोजक आनन्दप्रसाद भट्ट,सचिव धर्मसिंह कुँवरसहितको टिमले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाईलाई ज्ञापनपत्र बुझाएको हो ।

आइतबार स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो । विधेयक पारितभएपछि संघर्ष समितिले प्रधानमन्त्री ओलीलाई धन्यवाद तथा ज्ञापनपत्र पठाइएको हो ।

‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा अध्ययन अध्यापन गर्न आवश्यक सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भइसकेको वर्तमान सन्दर्भमा यसका लागि आवश्यक बजेट, जनशक्ति र उपकरणहरुको आवश्यकतालाई यथाशिघ्र व्यस्थापन गर्न आवश्यक रहेको छ’, ज्ञापनपत्रमा भनिएको छ,‘आ.व. २०८२/०८३ को बजेट संघीय संसदमा २०८२ जेठ १५ गते प्रस्तुत गरिने हुँदा बजेटमा स्वास्थ्य विज्ञान विश्वविद्यालय र शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको प्रवन्ध गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।’

साथै ज्ञापनपत्रमा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनका लागि ऐनमा व्यवस्था भए बमोजिमका पदाधिकारीहरुको नियुक्तिको प्रक्रिया र आगामी आ.व. भित्रै चिकित्सा शिक्षा (एमबीबीएस)का लागि सिट संख्या निर्धारणको प्रक्रिया अगाडि बढाइदिन समेत अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply