कैलालीमा कर्तव्य ज्यान मुद्धाका ७४ जना पक्राउ

जेठ ८ धनगढी
जिल्ला प्रहरी कार्यालय कैलालीले दुई बर्षको अवधिमा कर्तव्य ज्यान मुद्धाका ७४ जनालाई पक्राउ गरेको छ ।

आर्थिक बर्ष २०८०।८१ मा ६० र २०८१।८२ मा १४ जनालाई ज्यान मुद्धामा प्रहरीले पक्राउ गरेको हो ।

आर्थिक बर्ष २०८०।८१ मा ११ र २०८१।८२ मा कर्तव्य ज्यान सम्बन्धिका ९ मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले निशाना न्युजलाई जानकारी दिए ।

उनले आर्थिक बर्ष २०८०।८१ को साउन महिनामा १ जनाको नाममा मुद्धा दर्ता हुँदा १ जना पक्राउ परेको उनले बताए ।

कार्तिकमा ४ मुद्धा दर्ता हुँदा ५ , मंसिरमा १ मुद्धा दर्ता हुँदा १९ र पुस महिनामा १ मुद्धाका ६ जना पक्राउ परेको उनको भनाइ छ ।

माघमा १,फागुनमा १ मुद्धा दर्ता हुँदा ७ जना पक्राउ परेका छन् । चैत्रमा १ मुद्धाका ६ र बैशाखमा १ मुदद्धाका १६ जना पक्राउ गरेको उनको भनाइ छ ।

त्यस्तै आर्थिक बर्ष २०८१।८२ को साउन महिनामा २ मुद्धा दर्ता हुँदा ३ जना असोजमा २ मुद्दा दर्ता हुँदा २ जना र कार्तिकमा २ मुद्दा दर्ता हुँदा ३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार माघ महिनामा १ मुर्दा दर्ता हुँदा १ जना चैत्र महिनामा २ मुद्धा दर्ता हुँदा ५ जना पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply