जेठ ११ धनगढी
एरिष्टो इङ्गलिस हाइ स्कुलका ५ जना विद्यार्थीहरूले पदक जितेका छन । भारतको लखनउमा सम्पन्न प्रथम इन्डो नेपाल वोविनाम च्याम्पियनसिपमा एरिष्टोका विद्यार्थीहरूले पदक जितेका हुन् ।
लखनउमा २०२५ मे १७ देखी१९ सम्म आयोजना भएको वोविनाम च्याम्पियनसिपमा उसु खेलतर्फ एरिष्टोका योगेश चौधरी,ओम प्रकाश कोली र शिशिर श्रेष्ठले स्वर्ण पदक तथा एञ्जल भण्डारी र सिद्धार्थ साउँदले रजत पदक जितेका हुन ।
प्रतियोगीतामा सहभागी भएर आफ्नो विद्यालयका विद्यार्थीहरुले सिंगो सुदूरपश्चिम तथा नेपालकै गौरव बढाउन सफल भएको भन्दै आफूलाई अत्यन्तै खुशी अनुभूति भएको विद्यालयका प्रधानाध्यापक हरी क्षेत्रीले बताए ।
सो अवसरमा प्रधानाध्यापक क्षेत्रीले एरिष्टोलाई पदक दिलाउन अहम भूमिका खेल्ने प्रशिक्षकहरू, शिक्षक, अभिभावक र सम्पूर्ण विद्यार्थी तथा शुभचिन्तकलाई धन्यवाद व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
