सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ किनबेच?

जेठ ११ धनगढी
नेपाली बजारमा आज (आइतबार) सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply