जेठ १२ धनगढी
स्वस्तिक अस्पताल धनगढीले नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ । ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर र स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन अस्पतालले शिविर संचालन गर्दे आएको हो ।
आइतबार कैलारी गाँउपालिकाको–६ बनकट्टामा अस्पतालले शिविर संचालन गर्यो । शिविरमा स्वास्थ्य सेवा लिन आएकी ८० बर्षिया घुलिया चौधरी खुशी भईन् ।
उनको आर्थिक अवस्था कमजोर छ । स्वास्थ्य चेकजाँच गर्न अस्पताल जान नसकेकी उनले नि:शुल्क औषधी उपचार पाएपछि धेरै खुशी भइन् ।
घुलिया चौधरी मात्र होइन, नि:शुल्क स्वास्थ्य शिविरमा ७८ वर्षका विपत् राम चौधरीले पनि नि:शुुल्क उपचार पाए ।
हाडजोर्नीका बिरामी रहेका उनलाई विशेषज्ञ चिकित्सकले चेकजाँच गरी औषधी दिए पछि उनमा पनि खुशिको सिमा नै थिएन ।
त्यस्तै,७० वर्षीय प्रदेशी चौधरी र ६० वर्षिया पुनिदेवी जाग्रीले अस्पतालको टिम र गाँउपालिकालाई धन्यवाद दिइन । ‘अस्पताल जान स्वास्थ्यले साथ दिँदैन, गाउँमै डाक्टर आएर औषधी र सेवा दिएकोमा हामी खुशी छाैँ ।
शिविरमा ४ सय ४६ जनाले स्वास्थ्य सेव लिएको स्वस्तिक अस्पताल धनगढीका अध्यक्ष दिपेन्द्रप्रसाद तिवारीले जानकारी दिए ।
शिविरमा जनरल फिजिसियन डाक्टर सुनील पाण्डे, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर ईन्द्रबहादुर शाह, नाक,कान,घाँटी रोग विशेषज्ञ डाक्टर प्रशान्त भट्ट,जनरल ल्याप्रोस्कोपिक सर्जन डाक्टर राजीव चौधरी, मिर्गाैला तथा मुत्ररोग प्रणाली रोग विशेषज्ञ डाक्टर जोनस तिवारी र मेडिकल अधिकृतद्धय डाक्टर मधु स्वपना र डाक्टर सञ्जयविक्रम चौधरीले बिरामीको चेकजाँच गरेका थिए ।
शिविरको उद्घाटन वडाअध्यक्ष प्रेमबहादुर चौधरीले गरेका थिए ।
उनले नि:शुल्क स्वास्थ्य शिविर माफर्त स्थानीय वडाबासीले स्वास्थ्य सेवा लिन पाएकोमा खुशी व्यक्त गरे । उद्घाटन कार्यक्रममा स्वस्तिक अस्पताल धनगढीका अध्यक्ष तिवारीले विशेषज्ञ डाक्टर सहित स्वास्थ्य सेवा दिन र स्वास्थ्यमा सवैको पहुँच पुर्याउन अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर अभियान सञ्चाल गरेको बताए ।
कैलारी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार रानाले स्वस्तिक अस्पतालसंगको सहकार्य तथा समन्वयमा २ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताए ।
उनले पहिलोे चरणमा कैलारी गाँउपालिका–६ को जानकी माध्यामिक बिद्यालय परिसरमा गरिएकाे र दोश्रो चरणको जेठ १७ गते शनिवार कैलारी गाँउपालिका –१ को दिपेन्द्र माध्यमिक विद्यालय परिसरमा शिविर आयोजना गरिने बताए ।
