जेठ १३ धनगढी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको गरिबी कसरी घटाउन सकिन्छ भन्न विषयमा प्रदेश सरकार खुला छलफल गर्न तयार रहेको बताएका छन् ।
प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमले मंगलबार धनगढीमा आयोजना गरेको प्रदेश सरकार र प्रदेशमा कार्यरत विकास साझेदारहरूले गरेका असल अभ्यासहरूको आदान प्रदान कार्यक्रम उनले सो कुरा बताएका हुन ।
उनले प्रदेशको प्रत्येक तीन जनामा एक जना निरपेक्षे गरिब भएको तथ्याङ्कका आधारमा त्यसलाई न्यूनीकरण गरी मानव सूचकाङ्कमा अगाडि ल्याउन निजी क्षेत्रका साथै सरकारी तथा गैरसरकारी संस्थाहरू सँग खुल्ला छलफलका लागि आह्वान गरे ।
सुदूरपश्चिम प्रदेश सरकार प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकारको प्रमुख कार्यक्रम, प्राथमिकता र अपेक्षा प्रस्तुत गरेको कार्यक्रममा गैह्र सरकारी संस्था महासङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सङ्घ र संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्तर्राष्ट्रिय विकास साझेदारको साझा प्रस्तुति रहेको थियो ।