साढे एक लाखभन्दा बढीको भन्सार छलीका सामानसहित एकजना पक्राउ

जेठ १४ धनगढी
कैलालीमा रु १ लाख ५९ हजार ७ सय मुल्य बराबरको अवैध भन्सार छलीका सामानसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको भजनी नगरपालिका–९ चर्रा बस्ने ३० वर्षीय ललित यादव भन्सार छलीका सामानसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मंगलबार ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिगएको प्रहरी टोलीले यादवलाई भजनी नगरपालिका–९ भुरुवाघाटबाट अवैध हार्डवयरका सामानसहित पक्राउ गरिआवश्यक कारवाहीको लागि सत्ती भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply