जेठ १४ धनगढी
अछाममा आत्महत्या न्यूनीकरण र लागुऔषघदुर्व्यसनी सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय र सामाजिक विकास कार्यालय अछामको संयुक्त आयेजनामा चौरपाटी गाउँपालिका–७ मार्कुस्थित शान्ति देवी माध्यमिक विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या न्युनिकरण सम्बन्धी परिचय,आत्महत्या गर्ने मानिसहरुको विचार,आत्महत्या गर्न सक्ने खतरालाई चिन्ने तरिका, आत्महत्याको जोखिम सिर्जना गर्ने तत्वहरुलगायतका बारेमा जानकारी गराएका थिए ।
त्यस्तै, उनले छाउपडी प्रथा न्युनिकरणका उपायहरु र कानुनी व्यवस्थासाथै लागुऔषधको परिचय,लागुऔषका प्रकारहरु, नेपालमा लागुऔषध प्रयोगकर्ताको अवस्था,लागुऔषध सम्बन्धी दण्ड सजाय सम्बन्धी व्यवस्था तथा लागू औषध दुव्र्यसन लगायतका अपराध नियन्त्रण गर्न गरिएका प्रयासहरुका सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए ।
सामाजिक विकास कार्यालय अछाम कार्यालय प्रमुख डम्बरबहादुर रावलको अध्यक्षता भएको कार्यक्रममा चौरपाटी गाउँपालिका–७ का अध्यक्ष ललित बोगटी, सो विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर वोगटीको उपस्थिति रहेको जनाइएको छ ।
कार्यक्रममा अभिभावक,जनप्रतिनिधी,शिक्षक / शिक्षिकाहरु र उक्त विद्यालयमा अध्यनरत कक्षा ९, १० र ११ का ६१ जना विद्यार्थीहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।