गणतन्त्र दिवसले जनताको जीवन स्तरमा गुणात्मक परिवर्तन ल्याउन उत्साह प्रदान गर्नेछ : मुख्यमन्त्री शाह

जेठ १५ धनगढी
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको जीवन स्तरमा गुणात्मक परिवर्तन ल्याउन गणतन्त्र दिवसले उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपालको संविधानले मौलिक हककारूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाई, वातावरण संरक्षणलगायतका आधारभूत अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै आम जनताको जीवन स्तरमा गुणात्मक परिवर्तन ल्याउन गणतन्त्र दिवसले हामी सबैलाई थप उत्साह प्रदान गर्ने विश्वास लिएको छु ।’

उनले वंश परम्परामा आधारित शासन व्यवस्थाको अन्त्य गर्दै जनतामा निहित सार्वभौमसत्ताको प्रयोगमार्फत जनताले नै छानेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणाली स्थापना गर्ने रूपान्तरण गर्नु गणतन्त्रको मूलभूत विशेषता रहेको सन्देशमा उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ, ‘हरेक नेपालीले सार्वभौमसत्ताको स्वतन्त्र र निष्पक्ष उपभोग गर्न पाउँने यस प्रणालीलाई अझै सुदृढा गर्दै लैजानु पर्दछ ।’

‘१८औं गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाईमा हार्दिक बधाई सहित सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु’,शुभकामना सन्देशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply