जेठ १५ धनगढी
विद्युत जडित क्षमता बढेको छ।
आर्थिक सर्वेक्षण २०८२ प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले जडित विद्युतको क्षमता ३६ सय २ मेगावाट पुगेको जानकारी गराएका हुन्।
विद्युतको जडित क्षमता ३१ सय मेगावाट बराबर रहेको थियो।
सरकारले सर्वसाधारणमा बैंक पहुँच विस्तार गरेको जनाएको छ। आर्थिक सर्वेक्षण अनुसार हरेक २५ हजार २७ जनसंख्या बराबर एक बैंक शाखा पुगेको छ।
बीमा पहुँचमा पनि सुधार आएको जनाइएको छ। अहिले ४१.६ प्रतिशत जनसंख्याले जीवन बीमा गरेको सर्वेक्षणमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
