लाइसेन्स नवीकरण गर्दा लाइन बस्नुपर्ने बाध्यताको अन्त्य

जेठ १६ धनगढी
यातायात व्यवस्था कार्यालय धनगढीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरेको छ ।

कार्यालयले राजस्व तिर्न टोकन सिस्टमको व्यवस्था गरेकाले लाइनमा बस्नुपर्ने बाध्यता हटेको हो । लाइसेन्स नवीकरण गर्दा लाइनमा बस्नु पर्दा सेवाग्रहीले सास्ती खेप्नु परेको थियो तर हालै मात्र कार्यालयले टोकन सिस्टम राख्दा भीडभाड कम भएको छ ।

कार्यालय परिसरमा भेटिएका सेवाग्राही कैलालीको गोदावरी नगरपालिका–२ का शंकर भट्टले टोकन सिस्टमले लाइसेन्स नवीकरणमा सहज भएको बताए । उनले भने ‘पहिले घाममा लाइन बस्नु पथ्र्यौ,अहिले घाममा बस्नु परेको छैन्,बस्ने ठाउँ पनि बनाएको छ । सुविधा भएको छ ।’

उनले भने ‘लाइन बस्नु पर्दैन,आफ्नो पालोमा टोकन लिएर गयो,भीडभाड पनि छैन्,फटाफट काम भयो,सजिलै १०–१५ मिनेटमै काम भयो ।’ सवारी साधनको नवीकरणमा भने टोकन सिस्टम नहुँदा सास्ती खेप्नु परेको उनले बताए । उनले भने ‘त्यहा टोकन सिस्टम छैन्,लाइन बस्नुपर्छ,भीडभाड छ,टोकन सिस्टम हुनुपर्ने आवश्यक देखियो ।’

टोकन सिस्टमले सेवाग्राहीलाई सहज हुँदै गएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख बिनोद मालीले बताए । ‘टोकन लिएर आफ्नो पालोमा लाइसेन्सको नवीकरण गर्नुपर्ने हुन्छ’, उनले भने ‘टोकन सिस्टमका कारण सेवाग्राही अहिले खुशी भएका छन् ।’

तर,सवारी साधनको नवीकरण गर्र्दा अझै लाइन बस्नुपर्ने बाध्यता हट्न नसकेको उनले बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयमा कुरा भइरहेको र केही दिनमा टोकनको व्यवस्था हुन सक्ने उनले बताए । ‘हामीले गर्ने भएको भए त हामी गरिहाल्थ्यौँ,त्यो मन्त्रालयले गर्ने हो,हामीले प्रकृया अगाडि बढाएका छौँ’ उनले भने ‘छपाइको काम पनि कार्यालय बाटै हुन पाए सेवाग्राहीलाई सहज हुने थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply