दार्चुलामा घरभित्रै पसेर भालुले आक्रमण गर्दा महिला घाइते

जेठ १७ धनगढी
दार्चुलाको शैल्यशिखर नगरपालिका–५ बगौरा आगरमा भालु घरभित्र पसेर महिलालाई आक्रमण गरेको छ । शुक्रबार रातिको समयमा स्थानीय ५८ वर्षीया कलावति रावललाई भालुले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गम्भीर घाइते अवस्थामा रहेको भालु स्थानीय रामदत्त जोशीको घरभित्र पसेको थियो । भालुको आक्रमणबाट महिलाको शरीरमा घाउ रहेका छन् । घाइते रावलको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले बताए ।

रातभरि जोशीको घरभित्र रहेको भालुलाई प्रहरी र डिभिजन वन कार्यालय दार्चुलाको टोलीले घर बाहिर निकालेको डिभिजन वन कार्यालय दार्चुलाका वन अधिकृत प्रमान्नद कुँवरले बताए । घरभित्र पसेको भालु पनि गम्भीर घाइते अवस्थामा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply