सुनको मुल्य बढ्यो

जेठ २० धनगढी
सुनको मूल्य आज पनि बढेको छ। सुनको मूल्य आज तोलामा दुई हजार नौ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य बढेर आज सुन प्रतितोला एक लाख ९२ हजार सातसय रुपयाँ पुगेको छ। हिजो सुन तोलामा एक हजार रुपैयाँ बढेर एक लाख ८९ हजार आठसय रुपैयाँमा कारोबार भएको थियो।

गएको शुक्रबारदेखि सुनको मूल्य लगातार बढ्दै आएको छ। आज चाँदीको मुल्य पनि प्रतितोला ५५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply