काठमाडौंमा सम्पन्न: जातीय छुवाछूत उन्मूलन विषयक अन्तरसंवाद कार्यक्रम

हेमा भट्ट
धर्मगुरु, समाजशास्त्री र सरोकारवालाहरूको सहभागिता — समता र मानवताको पक्षमा साझा प्रतिबद्धता

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०८२ को अवसरमा राष्ट्रिय दलित आयोगको आयोजनामा आज काठमाडौँमा एक विशेष अन्तरसंवाद कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा पण्डित, पूजारी, धर्मगुरु, समाजशास्त्री तथा दलित समुदायका अगुवाहरूबीच गहिरो विमर्श र सन्देशमूलक छलफलहरू भए।

विशेष अतिथिका रूपमा सहभागी हुनु भएका:

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक (सदस्य–सचिव) ज्योतिषी पण्डित श्री सूर्य प्रसाद ढुङ्गेल र एतिहासिक पशुपति कोटि होमका धार्मिक प्रवक्ता श्री राजानन्द माण्डब्यले धार्मिक दृष्टिकोणबाट समता र मानवताको सन्देश प्रस्तुत गर्नुभयो।

कार्यक्रममा व्यक्त गरिएका मुख्य सन्देशहरू वेदको वाणी “सर्वं खल्विदं ब्रह्म” को अर्थ — यो सम्पूर्ण ब्रह्माण्ड नै ईश्वरको अभिव्यक्ति हो।

“वसुधैव कुटुम्बकम्” — सबै पृथ्वी एक परिवार हो भन्ने सार्वभौम सन्देश हाम्रो संस्कृतिमा गहिरिएको छ। भगवद्गीता को शिक्षाअनुसार:

“विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि,शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः।”साँचो ज्ञानी त्यो हो जो सबै प्राणीमा समता देख्छ।

धर्म भनेको सेवा, समर्पण र करुणा हो — भेदभाव होइन। भेद त्याग गरौं, मानवताको लागि।
हाम्रा मनमा साँचो समता बढाऔं।
साँचो धर्म भनेको करुणा र परोपकार हो,र यही बाटोले संसार विजयी हुन्छ।

कार्यक्रममार्फत सहभागीहरूले जातीय छुवाछूतको अन्त्यका लागि धार्मिक, सामाजिक र वैचारिक अग्रसरता आवश्यक रहेको कुरामा एकमत व्यक्त गरे।

राष्ट्रिय दलित आयोगले सन्देश दिएको छ: “जातीय छुवाछूत प्रथाको पूर्ण बन्देजका लागि समाजका सबै तह–तप्काबाट ऐक्यबद्ध प्रयास आवश्यक छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply