भन्सार छलीका सामान नियन्त्रणमा

जेठ २३ धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ । बिहीबार जिल्ला कैलालीको कैलारी

गाउँपालिका–५ जगदव्वाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ५० हजार ४५० बराबरको सुटपिस, कुर्ती, रुमाल, मेहेन्दी, प्लाष्टिक झिल्ली, कस्मेटि लगायतका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त सामानहरु इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply