चेकिङको क्रममा महिलामाथि हातपात गर्ने दुई प्रहरीमाथि छानविन सुरु

जेठ २४ धनगढी ।
जिल्ला प्रहरी कार्यालय कैलालीले चेकिङको क्रममा महिलामाथि हातपात गरेको आरोपमा दुई जना प्रहरीमाथि छानबिन सुरु गरेको छ।

शुक्रबार टीकापुर नगरपालिका–७ स्थित हुलाकी राजमार्ग खैरीपुर चेकपोष्टमा खटिएका प्रहरीले चेकिङको क्रममा टीकापुर नगरपालिका–१ की २९ वर्षीया राजकुमारी कुँवर शाहमाथि दुर्व्यवहार तथा हातपात गरेको आरोप लागेको छ।

घटनाबारे छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै शाहले इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सो घटनाबारे छानविन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी नायव उपरीक्षक राजकुमार सिंहको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरि उक्त घटनामा संलग्न प्रहरीहरूलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई आवश्यक छानविन प्रक्रिया अगाडि बढाएइको जनाइएको छ ।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमासमेत सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply