जेठ २४ धनगढी ।
अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समितिको दोस्रो विस्तारित वैठक सम्पन्न भएको छ । शनिबार धनगढीमा बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।
प्रदेश समितिका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षता भएको बैठकमा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्य रहेका थिए भने विशिष्ट अतिथि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष तथा अखिल क्रान्तिकारीका फ्याक्सन इन्चार्ज मानसिंह माल रहेका थिए ।
बैठकमा शैक्षिक बहस पुस्तकको विमोचन गरिएको अध्यक्ष थापाले बताए । बैठकमा अखिल क्रान्तिकारीलाई विद्यार्थीसँग जोड्ने विषयमासमेत छलफल भएको उनले बताए । त्यस्तै,उनले बैठकमा प्रदेशभरी अखिल क्रान्तिकारीको तर्फबाट स्ववियु निर्वाचनमा विभिन्न पदमा विजयी १ सय ४५ जनालाई सम्मानपत्र प्रदान गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1