सुदूपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीको प्रदेशसभा सदस्य पद निलम्बन

जेठ २६ धनगढी
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको प्रदेशसभा सदस्य पद निलम्बन भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेपछि उनकाे प्रदेशसभा सदस्य पद निलम्बन भएको हो ।

सभामुख भीमबहादुर भण्डारीले सोमबार सोडारीको पद निलम्बनमा परेको प्रदेश सभालाई जानकारी गराएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख भण्डारीले उनको प्रदेशसभा सदस्य पद निलम्बन गरिएको पत्र पढेर सुनाएका थिए ।

सोडारी २०७९ को निर्वाचनमा कैलाली क्षेत्र नं. ४ प्रदेशसभा १ बाट नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । अख्तियारले सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा यही जेठ १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply