रैकवार खबर दैनिक
जेठ २९ धनगढी
काठमाडौं- बिगत दुई दशकदेखि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हिन्दु धर्ममा प्रचलित नित्यकर्म, पूजा-पाठ, हवन, रुद्री, चण्डी, गीताभागवतजस्ता धार्मिक विधिहरूको शिक्षा प्रदान गर्ने क्रममा जातीय वा लैङ्गिक कुनै पनि विभेद नगरी सबै वर्गका इच्छुक व्यक्तिहरूलाई सामेल गराउने समावेशी कार्यक्रम संचालन गर्दै आएको छ।
संस्काररोमणि ज्योतिषी आचार्य गणेशप्रसाद पन्त पञ्चाङ्गकारका अनुसार, ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र लगायत सम्पूर्ण हिन्दु धर्मावलम्बीहरू चाहे महिला हुन् वा पुरुष, जुनसुकै जात वा वर्गका हुन् — सबैलाई समान रुपमा शास्त्रीय विधिअनुसार अध्यापन गराउँदै आएको जानकारी दिइएको छ।
यसमा विश्वकर्मा समाज, परियार समाज, शिल्पी समुदाय, बादी, मिजारजस्ता परम्परागत रुपमा धार्मिक विधि सिक्नबाट बञ्चित गराइएका समुदायलाई पनि सक्रिय रूपमा सहभागी गराइँदैछ।
कार्यक्रमको मूल उद्देश्य हिन्दु धर्मका विधि–विधानलाई सम्पूर्ण समुदायमा समानरूपमा फैलाउनु, धार्मिक शिक्षा सबैको पहुँचमा पुर्याउनु, र समाजमा विद्यमान जातीय तथा लैङ्गिक विभेद अन्त्य गर्नु हो।
समितिका अनुसार, धार्मिक विधिहरूको अध्यापन गर्दा जात–पात, लिंग, वर्ग हेर्ने परिपाटी शास्त्रसम्मत नभएको र धर्मका नाममा गरिने भेदभाव अन्त्य गर्नु आवश्यक रहेको बताएका छन्।
यस प्रकारको पहल हिन्दु धर्मको सार्थकता र सामाजिक समानताको उदाहरण बनेको छ। परम्परागत रूपले पश्चातपार्दै आएको संरचनालाई तोड्दै, धार्मिक कार्य र ज्ञानलाई सबै वर्गसम्म पुर्याउने यस अभ्यासले धार्मिक र सामाजिक रूपान्तरणतर्फ नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ।
समावेशी धार्मिक शिक्षाले नेपालमा सामाजिक सद्भाव, समानता र धार्मिक चेतनाको नयाँ अध्याय सुरुवात गरेको छ। सम्पूर्ण हिन्दु धर्मावलम्बी समुदाय, विशेष गरी विगतमा पछाडि पारिएका वर्गका लागि यो अत्यन्तै सकारात्मक, सान्दर्भिक र प्रेरणादायी समाचार हो।
सम्पर्क नम्बर 9860278100