सुनचाँदी व्यवसायीले आन्दोलन चर्काउने

जेठ ३० धनगढी
सरकारले ल्याएको नयाँ कर प्रणाली विरुद्ध सुनचाँदी व्यवसायी संघले आन्दोलनका कार्यक्रम यतथावत राखेको छ ।

आन्दोलनका विभिन्न कार्यक्रम अनुसार उनीहरूले आज जिल्ला प्रशासन कार्यालय अगाडी विभिन्न राजनीतिक दलहरुलाई बोलाएर कोणसभाको आयोजना गरेको छ ।

संघले ३१ जेठदेखि ३ असारसम्म पसल बन्द गर्ने,सरोकारवाला विभिन्न निकायसँग छ्लफल गरि ज्ञापनपत्र बुझाउने र ४ गते ७७ वटै जिल्लाका अध्यक्ष काठमाडौ जाने बताइएको छ । सरकारसँग नयाँ कर प्रणाली खारेजीको माग गर्दै उनीहरू आन्दोलित बनेका हुन् । प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएर सुरु भएको आन्दोलन नियमित रूपमा अघि बढ्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

आन्दोलनका संयोजक यदु सुनारले सडकमा गरिँदै आएको सडक आन्दोलन भने रोक्ने बताए ।

सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दा बिक्री मूल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेको सुनारले बताए ।
यस्तो प्रक्रिया व्यवसायमा घाटा पु¥याउने भन्दै यसमा सरकारले पुनर्विचार गर्न माग गरे ।

हाल लागु भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न उनले माग गरे । कर संरचना परिवर्तन नगरी पूर्ववर्ती अवस्था कायम राख्नसमेत सुनचाँदी व्यवसायीहरूको माग छ ।

हालको कर संरचनाले व्यवसाय, रोजगारी तथा बजारमा प्रतिकूल असर पार्ने संघले जनाएको छ । भारतीय बजारको तुलनामा नेपाली सुनचाँदी गहनाको मूल्य अत्यधिक महँगो हुने स्थिति आउँदा कालोबजारी तथा चोरी पैठारी बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

व्यवसायीहरूले सरकारलाई अविलम्ब बैठक गरी समस्या समाधान गर्न आग्रह गरेका छन् । उनीहरुले राख्दै आएको मागप्रति उद्योग बाणिज्य संघका महासचिव ओम विष्टले एकेबद्धता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply