माइतीघर मण्डलाबाट नेकपा बहुमत निकट ७ विद्यार्थी पक्राउ

जेठ ३० धनगढी
सहकर्मी रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका नेकपा बहुमत पार्टीका ७ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीहरू छन् ।

वीरगन्जमा न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई मसी छ्याप्दा पक्राउ परेकाहरूलाई रिहाइ गर्न माग गर्दै उनीहरूले शुक्रबार प्रदर्शन गरेका हुन् । आरोपीहरूलाई माइतीघर मण्डलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा नेकपा बहुमतको विद्यार्थी सङ्गठन ‘अखिल क्रान्तिकारी विद्यार्थी संगठन’का महासचिव उषा किरण कामी, केन्द्रीय सचिव हरि विष्ट, केन्द्रीय सदस्य सर्जन पाण्डे, ललितपुर जिल्ला अध्यक्ष सक्षम विक, केन्द्रीय सदस्य झक बिक, काठमाडौँ जिल्ला सदस्य सर्जन कामी र युवा सङ्गठनका उपाध्यक्ष प्रमोद सिंह छन् ।

न्यायाधीशद्वयलाई कालो मसी छ्यापेको आरोपमा पर्सा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको थियो । वीरगन्जस्थित उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारुलाई बिहीबार आरोपीहरूले चेम्बरमा बसिरहेको अवस्थामा कालो मसी छ्यापेका हुन् । न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनले हत्या आरोपी कांग्रेस नेता मोहमद अफताव आलमलाई सफाइ दिने फैसला गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply