सुख्खा पहिरोले शान्तडा–रामारोशन सडक अवरुद्ध

जेठ ३१ धनगढी ।
अछामको रामारोशन गाउँपालिका–५ सैनी रसुबेस्थित शान्तडा–रामारोशन सडक पहिरोले अवरुद्ध भएको छ । शनिबार विहान सडक माथिबाट आएको सुख्खा पहिरोले शान्तडा–रामारोशन जाने भित्री कच्ची सडक खण्डमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार सडक माथिबाट आएको सुख्खा पहिरोले करिब २५ मिटर सडक अवरोध भएको छ ।

स्थानीयले पहिरोले सडक अवरोध भएको भनी अस्थाई प्रहरी पोष्ट चौतारामा टेलीफोन मार्फत जानकारी गराएका उनले बताए । जानकारी हुनासाथ उक्त स्थानमा अस्थाई प्रहरी पोष्ट चौताराबाट प्रहरी सहायक निरीक्षक चन्द्रसिंह पालीको कमाण्डमा ३ जनाको टोली खटिगएको र अवरोध खुलाउन स्थानीय तहसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply