असार २ धनगढी
विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका-७ धरधरेस्थित सडक छेउमा सोही नगरपालिका-१ कटहरे बस्ने २५ वर्षीय दिपेश कट्वाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी डोटीको के.आई.सिंह गाउँपालिका-३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१० औद्योगिक क्षेत्रस्थित सडकमा पनि अन्दाजी ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१२ टरीगाउँ बस्ने ७५ वर्षीय जगलाल चौधरी सोही ठाउँस्थित आफ्नै खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1