पालुङ्टार नगरपालिकाको १७ औँ अधिवेशन सुरु

राजेन्द्र न्यौपाने
३ असार, गोरखा । पालुङ्टार नगरपालिकाको १७ औँ अधिवेशन आजबाट सुरु भएको छ । नगरप्रमुख विवस चिन्तनको अध्यक्षतामा भएको अधिवेशनले आर्थिक वर्ष २०८२।०८३ का लागि नीति तथा कार्यक्रममा छलफल गरेको छ । मध्य पहाडी व्यापारिक पर्यटकीय शहर, सुन्दर सम्मुन्नत र समृद्ध हाम्रो लिगलिग पालुङटार भन्ने नारा सहित सुरु भएको अधिवेशनले नीति तथा कार्यक्रम स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत कमानसिँ थापा मगरले बताउनुभयो ।

कृषि, पर्यटन र पुर्वाधारको क्षेत्रको विकास गर्ने गरी कार्यक्रम ल्याइएको नगर उपप्रमुख बन्दना पाण्डेले बताउनुभयो । नगरपालिकाको सभाहलमा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुको सहभागिता रहेको थियो । नीति तथा कार्यक्रमका बारेमा छलफल भई पारित गर्ने क्रममा रहेको पाण्डेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply