विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

राजेन्द्र न्यौपाने
३ असार, गोरखा । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि निशुल्क कम्प्युटर तालिम प्रदान गरेको छ ।
पालिका भित्र रहेका ५ वटा विद्यालयलाई केन्द्र मानेर तालिम प्रदान गरिएको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले बताउनुभयो ।
सुर्यज्योति मा.वि. ताकुकोटमा ४३ जना, हिमालय मा.वि. बारपाकमा २४ जना , हिमालय मा.वि. सौरपानीमा १७ जना, शैलपुत्री मा.वि. पाँचुखुवा देउरालीमा २३ जनार र अन्तरज्योति मा.वि. ताकुमा १५ जना गरी कुल जनाले तालिम लिइरहेका भट्टले जानकारी दिनुभयो ।
एसइइ दिएर बसेका समयमा सीप प्रदान गर्न सकियो भने उनीहरुको दैनिक जीवनका लागि राम्रो हुने भएकाले विद्यालय र गाउँपालिकाको साझेदारीमा कक्षा सञ्चालन गरिएको बारपाक सुलिकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आले मगरले बताउनुभयो ।
विद्यालयमा रहेका कम्प्युटर र प्रशिक्षक शिक्षकहरुको सहयोग लिएर न्युन खर्चमा तालिम सञ्चालन गरिएको र यसबाट विद्यार्थी तथा अभिभावकहरुलाई समेत लाभ भएको आलेको भनाई छ ।
एसइइ दिएर बसेका समय कहाँ जाने होला भनेर सोचिरहेको थिएँ गाउँमै कम्प्युटर तालिम पाउँदा आफूलाई गौरव लागेको सुर्यज्योति मा.वि ताकुकोटमा विहान ७ बजेदेखि कम्प्युटर सिकिरहेकी सिता बरामुले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply