गोरखामा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टिफाइड राइस) बिक्री सूरु

३ असार, गोरखा । गोरखामा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टिफाइड राइस) बिक्री गर्न थालिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो डिपोबाट स्तरोन्नति गरिएको चामल बिक्री गरेको हो ।

नेपाल सरकारले तोकेको पोषण मापदण्ड पुरा गरेको आइरन, जिङ्क, भिटामिन ए, बि १२, फोलिक एसिड, थायमिन, नियासिन, र पाइरीडक्सिनले भरिएको पोषिलो चामल बिक्रि भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाकी प्रमुख रञ्जना केसीले जानकारी दिनुभयो ।
दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर बनाइन्छ । एक्स्टुजन विधिबाट चामलमा पौष्टिक तत्व स्तरोन्नति गरेर बनाइन्छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाई एक्स्टुुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुने गरी उत्पादन गरिन्छ । ‘फोर्टिफाइड राइस भनेको पोषणका आवश्यक तत्वहरू मिलाएर बनाइएको स्तरीय चामल हो ।
बालबालिका, गर्भवती महिला, बृद्धबृद्धा र परिवारका हरेक सदस्यका लागि यो चामल उपयुक्त हुने केसीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply