किसान सहकारीद्वारा मृतक शेयर सदस्यका परिवारलाई सुविधा वितरण

असार ६ गते धनगढी
किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेड धनगढी शाखाले मृतक शेयर सदस्य स्वर्गीय दीर्घबहादुर कुँवरको परिवारलाई सुविधा वितरण गरेको छ ।

संस्थाले आज स्वर्गीय दीर्घबहादुर कुँवरको धनगढी उपमहानगरपालिका–४ स्थित घरमा श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रमको आयोजना गर्दै सुविधाबाफतको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धिबहादुर खड्काले स्वर्गीय कुँवरका परिवारलाई सुविधाबाफतको रु तीन लाख आठ हजार आठ सय ८३ बराबरको चेक हस्तान्तरण गरेका थिए ।

सुविधा वितरण कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले किसान सहकारीले मृतक शेयर सदस्यका परिवारलाई सुविधा दिने कार्यक्रम एकदमै सह्रानीय भएको बताए । उनले घर परिवारमा समस्या परेका बेला सहयोग पुगोस् भनेर सुविधा दिने कार्यक्रमले राम्रो सन्देश दिने बताए । देशभरी धेरै जसो सहकारी अप्ठ्यारोमा परेका बेला यस्ता खालका सुविधाका कार्यक्रमले जनमानसमा किसान सहकारीप्रति सकरात्मक प्रभाव पर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेड धनगढी शाखा प्रमुख विनोद मिजारले सहकारीमा आवद्ध भएका सदस्यहरुलाई सदस्य सुरक्षण कोष मार्फत संस्थाले विभिन्न सेवाहरु दिँदै आएको बताए । उनले संस्थाले जन्मदेखि मृत्युसम्म कार्यक्रम सञ्चालन गर्दे आएको बताए ।

कार्यक्रममा स्वर्गीय कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यस्तै वर्गीय कुँवर नाममा उनका परिवारलाई एउटा आँपको बोट पनि हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply