भिजिट भिसा प्रकरण : छानबिन समिति गठन गर्न माओवादीको माग

असार ८ धनगढी
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको विभिन्न शीर्षकको छलफलमा भाग लिँदै पाण्डेले भिजिट भिसा प्रकरण राष्ट्रिय समस्या भएकाले माओवादीसँग भएको २ बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अविलम्ब छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

एक महिनाभित्र छानबिन समिति गठन गर्ने प्रतिबद्धता गृहमन्त्रीले रोष्ट्रमबाटै गरेकाले ढिलाइ नगर्न उनले आग्रह गरे । पाण्डेले भिजिट भिसा प्रकरणमा २ बुँदे सहमति गरेपछि पनि अहिलेसम्म समस्या समाधान नभएको धारणा राखे ।

यसअघि भिजिट भिसा प्रकरणका कारण निरन्तर सदन अवरुद्ध भएपछि आवश्यक अध्ययन एवं छानबिन गर्ने प्रतिबद्धता जनाउँदै सत्तापक्षले माओवादीसँग २ बुँदे सहमति भएको थियो । सहमतिसँगै माओवादीले विरोधका कार्यक्रम रोकेपनि रास्वपा र राप्रपाले भने छानबिन समितिको माग गर्दै सदनमा निरन्तर विरोध जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply