असार ११ धनगढी
कोशिश नेपालको कोशिशले धनगढी १४ एचगाउँ बस्ने अस्मीता तामाङको जीवनमा नयाँ उमङ्ग थपेको छ । उनी मानसिक रोगी हुन् । उनलाई कोशिश नेपालको काउन्सिलिङ र औषधिका कारण उनको जीवनमा नयाँ उमङ्ग थपेका हो ।
उनी अहिले पहिला जस्तै सामान्य जीवनमा फर्केकी छन् । २०७२ साल तिरको कुरा हो । एक्कासी बरबराउने,काम गर्न मन नलाग्ने,टोल्लिने,झस्किने गर्थे गाउलेहरु बोक्सी लाग्यो भनेर धामी झाँक्री कहाँ लैजान्थे उनले भनिन् मलाई थाहा थिएन । पछि थाहा भयो ममा मानसिक रोग लागेको रहेछ ।
उनले अगाडि थपिन् विगतमा संघ संस्थामा काम गर्थे, प्रपोजल लेख्थे,सूर्यमुखी सहकारी संस्थाको सचिव भएर ३ बर्ष काम गरे त्यतीखेर मलाई राम्रै थियो पछि म टोलाउन थाले काम गर्न जागर नचल्ने भयो ।
जीवन केहो र के गर्नुपर्छ भन्ने कुरा बिर्सदै गए उनले भनिन् पछि कोशिश नेपालले मेरो बारेमा जानकारी पायो र घरमै आएर काउन्सिलिङ गर्यो दवाई खाँदै गर्दा पहिलाको जस्तै सामान्य जीवन यापन गरिरहेकी छु ।
अहिले मेरो आफ्नै किराना पसल छ , कोशिशले १५ दिने माला बनाउने तालिम दिएको थियो, तालिमबट सीप सिके र अहिले बिहेमा अडर अनुसार गाडी र कोठा सिगार्ने काममा जान्छु ।
उनले अहिले महिनाको १५ हजार कमाइ हुने गरेको बताइन् । कोशिश नभएको भए जीवन तहसनहस हुने उनी बताउँछिन् ।
त्यस्तै धनगढी १५ उर्मी बस्ने सीता रानाको कथा पनि उस्तै छ । उनले भनिन् मेरो अवस्था मानसिक रोगका कारण नाजुक हुँदै गएको थियो । खाना पकाउन मन नलाग्ने बेहोस हुने गरेकि थिए।
मलाई धेरै समस्या हुँदै गयो । पछि कोशिशले काउन्सिलिङ गर्यो र औषधी खान थाले अहिले पुरानै अवस्थामा फर्केकी छु ।उनले भनिन् आजभोलि ६ कठ्ठा जमिनमा तरकारी लगाएकी छु । बार्षिक १ लाख ५० हजार कमाइ हुन्छ । छोरा र छोरीको पढाइलेखाइको खर्च यसै पेसाबाट चलाइरहेकी छु । घरखर्च पनि यसैबाट चलिरहेको उनको भनाइ छ ।
धनगढी १८ का वडाध्यक्ष भुवन रिजालले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि कोशिशले राम्रो काम गरेको बताए ।
उनले भने यो क्षेत्रका ३ वटा वडामा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको हकमा राम्रो काम गरेको अनुभूति हामीलाई भयो र उनीहरुलाई के कुरामा कमी छ त भनेर पहिचान गरी गत बर्ष एक लाख बजेट बिनियोजन गरेका थियौं ।
त्यस्ता व्यक्तिका लागि क्याम्प निर्माण गरेर सामाग्री सहित कोशिश लाइ जिम्मा दियौँ र मनोसामाजिक अपाङ्गता भएकालाई अप्ठेरो हुन नदिन र सहज जीवन यापनमा वडाले पनि हातेमालो गर्दै अगाडी बढेको छ ।
मनोसामाजिक पिडितको पहिचान गर्ने र उनीहरुलाई राज्यको कर्तव्य के हो र राज्य पनि हाम्रा समस्या बुझ्दो रहेछ भन्ने कुराको अनुभूति गराउन सफल भएको उनले बताए ।
कोशिश नेपालका बरिष्ठ परियोजना अधिकृत बसन्ती शाहीले कोशिश नेपाल २०६५ सालमा स्थापना भएको बताइन् । संस्थाले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई काउन्सिलिङ गर्ने उनीहरुलाई सामान्य जीवनमा ल्याउन गृहकार्य गर्ने गरेको उनी बताउँछिन् ।
कोशिशले त्यस्ता व्यक्तिको समस्या पहिचान गर्ने,उपचारका लागि हस्पिटल लग्ने, मानसिक स्वास्थ्य युनिटको रुपमा लबिङ गर्ने, एड्भोकेसी गर्दै दौतरी समुह निर्माण गर्ने जस्ता काम गर्दै आएको उनको भनाइ छ ।
पछि गएर स्वंयम उनीहरुलाई लिडरसीप गर्न सक्ने बनाउने र आयआर्जनका कुरामा समावेश गरी सरल जीवनयापन गर्न सिकाउने काम यो संस्थाले गर्दै आएको उनको भनाइ छ ।धनगढीउपमहानगरपालिकाले पनि समन्वय गरेको उनले वताईन् । यस्ता व्यक्तिका लागी धनगढी उपमहानगरपालिकाले संचालन गरेको सिप तथा रोजगारमेलामा मोटरसाइकल बनाउने काममा पनि सहभागी गराइएको उनले बताईन् । यस्ता व्यक्तिका हकहितमा राज्यले दिने सेवा सुबिधामा सहजता ल्याउन महत्वपुर्ण भुमिका खेलेको प्रति धनगढी उपमहानगरपालिकालाइ धन्यबाद भन्न चाहान्छु ।