६२ जना चिकित्सक माओवादी केन्द्रमा प्रवेश

असार १४ धनगढी ।
६२ जना चिकित्सक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आज एकै दिन ६२ जना चिकित्सक माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिस डाँडामा आज उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गरेका चिकित्सकहरुलाई खादा/माला लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकैसाथ यति धेरै संख्यामा चिकित्सकहरु प्रवेश गर्नु महत्वपूर्ण घटना भएको बताए । त्यसमा पनि प्रायः सबै चिकित्सक मधेश प्रदेशका रहनु थप महत्वपूर्ण भएको उल्लेख गर्दै उनले जीवनको रक्षा जनताको मौलिक हक भए पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताए ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा संविधानले परिकल्पना गरेअनुसार सुधार हुँदै गए पनि अझै पर्याप्त नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले चाहेजस्तो काम हुन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply