शिक्षा क्षेत्रका समस्या र समाधानमाथि अन्तरक्रिया, उत्कृष्ट शैक्षिक संस्थाहरुलाई सम्मान

हेमा भट्ट, २१ असार २०८२, काठमाडौं-चन्द्रलोक प्रतिष्ठानको आयोजनामा शिक्षा क्षेत्रमा देखिएका प्रमुख समस्याहरू र तिनको समाधानका उपायहरूबारे अन्तरक्रियात्मक कार्यक्रम शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सम्पन्न भयो।

कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापा, प्रतिनिधिसभा सदस्य तथा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले गर्नुभएको थियो।

अन्तरक्रियामा शिक्षा क्षेत्रमा विद्यमान असन्तुलन, गुणस्तरीय शिक्षाको अभाव, नीति निर्माणमा देखिएको कमजोरी, तथा निजी र सरकारी विद्यालयबीचको बढ्दो खाडलका विषयमा गहिरो छलफल गरिएको थियो।

कार्यक्रमको विशेष आकर्षणको रूपमा “उत्कृष्ट शैक्षिक संस्था सम्मान–२०८२” वितरण गरिएको थियो। सम्मानित शिक्षण संस्थाहरूमा सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १०, बिजया टोलस्थित श्री होली फेम्ली इङ्लिश मिडियम स्कुल समावेश भएको छ। विद्यालयका प्रधानाध्यापक नारायण दत्त भट्टलाई सम्मान प्रदान गरिएको थियो।

त्यस्तै ललितपुरको निर्वाण सेकेन्डरी स्कुल एण्ड कलेज, धापाखेलको न्यू मोर्डन इङ्लिस एकेडेमी, पोखराको पोखुश आदर्श सेकेन्डरी स्कुल, उदयपुरको उदयसी इङ्लिस मावि, धनुषाको रामेश्वर सिंह कुशवाहा एकेडेमी, काठमाडौंको स्वर्णिम वाटिका स्कुल, मकवानपुरको हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, पर्साको नेशनल इन्फोटेक कलेज तथा रामग्रामको लिटिल एन्जल्स हाई स्कुल सुदूरपश्चिम नाष्ट कलेज पनि सम्मानित भएका थिए।

कार्यक्रममा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने स्वागत ब्याच वितरण सिर्जना चौधरी, सविना भण्डारी, उषा कटुवाल र सविना कटुवालले गरेकी थिइन्। अन्त्यमा विविध सांस्कृतिक कार्यक्रम र खाजाको समेत व्यवस्था गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply